१२ असार २०८३, शुक्रबार

लिबियाको तेलमा विदेशी शक्तिहरूको गिद्धेनजर

साउन १८, २०७७
लिबियाको तेलमा विदेशी शक्तिहरूको गिद्धेनजर

सन् २०११ को अगस्ट महिनामा लिबियाका विद्रोही समूह र नाटो गठबन्धनका लडाकू विमानहरूले राजधानी त्रिपोलीमा आक्रमण शुरू गरेपछि तत्कालीन शासक कर्नेल मुअम्मार गद्दाफीले एक भाषण गर्दै विदेशी अतिक्रमणकारीहरूबाट देशको सुरक्षा गर्न समर्थकहरूलाई आह्वान गरेका थिए । 

लिबियाको तेलमा र जमिनमा नियन्त्रण कायम गर्र्ने षड्यन्त्र हुँदैछ । लिबियालाई पुनः उपनिवेश बनाउन खोजिँदैछ । यो असम्भव छ । हामीहरू लिबियालाई चारैतिरबाट जोगाउनका लागि अन्तिमसम्म लडिरहनेछौं,’ उनले सरकारी टेलिभिजनबाट घोषणा गरेका थिए । 

त्यसको दुई महिनापछि उनलाई रक्ताम्मे अवस्थामा लुकेको ठाउँबाट घिसारेर ल्याएर मारिएको थियो । 

घटनाको नौ वर्षपछि दोस्रो गृहयुद्ध शुरू हुँदा गद्दाफीको भनाइ झनै सान्दर्भिक भएको छ । गद्दाफीको पतनमा योगदान गरेको अमेरिका अहिले बिस्तारै हटेको छ । तर क्षेत्रीय शक्तिहरू लिबियामा नियन्त्रणका लागि आइपुगेका छन् । 
 

लिबियामा तेलखानी भएको ठाउँ पुग्ने सिर्तेमा युद्धमा युद्ध भइरहँदा लिबियाको तेलमा नियन्त्रण लिनका लागि भिडन्त हुन लागेको छ ।
 

गद्दाफीको मृत्युपछि सिर्तेको भाग्य पल्टियो । उनले अफ्रिकाकै नमूना शहर बनाउन खोजेको ठाउँ युद्धका कारण तहसनहस भयो र शहरमा इस्लामिक स्टेटका आतंकवादीको दबदबा बन्यो । पछि जिहादीहरूलाई सन् २०१६ मा त्यहाँबाट भगाइयो । 

अन्तर्राष्ट्रिय हतियार इम्बार्गोको उल्लंघन गर्दै सिर्ते शहर र वरिपरिको मरुभूमिमा हतियार र लडाकूहरू ओइरिएका छन् । त्रिपोलीमा सरकारप्रति बफादार फौज एकातिर छन् भने जनरल खलिफा हफ्तरका फौजहरू अर्कातिर छन् । दुई पक्षलाई विभिन्न शक्तिराष्ट्रको समर्थन प्राप्त छ । 

दाउमा चाहिँ लिबियाको सबभन्दा ठूलो खजाना छ । त्यो भनेको अफ्रिका महादेशकै सबभन्दा विशाल तेलखानी हो । देशका सबभन्दा धेरै तेलखानीहरू सिर्ते बेसिनमा छन् । 

salt training

कमेन्ट गर्नुहोस्