०९ असार २०८३, मंगलबार

राजपा हाइकमान्ड बैठकले प्रचण्डसामु राख्यो यस्तो सर्त

कात्तिक २०, २०७४
राजपा हाइकमान्ड  बैठकले प्रचण्डसामु राख्यो यस्तो सर्त
काठमाडौं, २० बैशाख- राष्ट्रिय जनता पार्टी नेपालले सरकारको समर्थन गर्नेदेखि निर्वाचनमा सहभागी हुनका लागि संविधान संशोधनको सर्त राखेको छ ।rajapa copy
मधेसकेन्द्रित ६ वटा दल मिलेर बनेको राजपा हाइकमान्डको मंगलबारको बैठक संविधान संशोधन नभए पार्टी स्थानीय तहको निर्वाचनमा सहभागी नहुने निष्कर्षमा पुगेको छ । राजपाले वर्तमान सरकारबाट यसअघि नै समर्थन फिर्ता लिइसकेको छ । सरकारलाई फेरि समर्थन गर्न सरकारले औपचारिक आग्रह गर्ने र संविधान संशोधन प्रस्ताव कार्यान्वयनमा अघि बढाउनुपर्नेमा बैठक एकमत रहेको स्रोतले बतायो, आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
राजपाका नेता केशव झाले भने , ‘सरकारलाई पुनः समर्थन जनाउन सरकारले औपचारिक रूपमा आग्रह गर्नुपर्छ । सरकारले आग्रह गरे पुनर्विचार गर्न सक्छौं । यसबारे बैठकमा परामर्श भए पनि कुनै निष्कर्षमा भने पुगिएको छैन ।’ अर्का नेता मनीषकुमार सुमनले स्थानीय तहको निर्वाचनमा सहभागी हुन र सरकारलाई राजपाले पुनः समर्थन गर्न संविधान संशोधन हुनैपर्ने सर्त रहेको बताए ।
राजपाका एक शीर्ष नेताले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरूलाई त्याग्दै एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई च्यापेकाले अब सरकारसँग एकताका लागि पनि संविधान संशोधन एक मात्र विकल्प रहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्