१० असार २०८३, बुधबार

‘मेरो शेयर’को एकाउन्ट नविकरण अब इसेवाबाटै

‘मेरो शेयर’को एकाउन्ट नविकरण अब इसेवाबाटै

शेयर कारोबार गर्ने तथा आइपिओमा लगानी गर्ने लगानीकर्ताले ‘मेरो शेयर’ एकाउन्ट नवीकरणको भुक्तानी इसेवाबाट गर्न सक्ने भएका छन् । 

यसअघि डिम्याट एकाउन्ट नवीकरण तथा ब्रोकरको रकम अनलाइनबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवाले मेरो शेयरको एकाउन्ट नवीकरण पनि अनलाइनबाटै गर्न सकिने सेवा दिएको हो ।

योसँगै मेरो सेयरको शुल्क भुक्तानीकै लागि विभिन्न क्यापिटलमा जानुपर्ने वाध्यताबाट लगानीकर्तालाई मुक्ति मिलेको छ ।

लगानीकर्ताले रियल टाइममै आफ्नो मेरो शेयर एकाउन्टको नवीकरण गर्न सकिने इसेवाका सिनियर बिजनेस डेभलपमेन्ट अफिसर साजन महर्जनले बताए ।  इसेवामा नेपालमा रहेका सबै क्यापिटल, शेयर ब्रोकर आवद्ध छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्