११ असार २०८३, बिहीबार

यो तस्वीरमा अनुहार देख्नुभयो ? त्यसोभए तपाईंलाई यो रोग लाग्यो

कात्तिक २०, २०७४
यो तस्वीरमा अनुहार देख्नुभयो ? त्यसोभए तपाईंलाई यो रोग लाग्यो

तपाईंले कुनै पनि कुरा ध्यान दिएर हेर्दा त्यसमा अनुहार देख्नुहुन्छ ? देख्नुहुन्छ भने यो कुनै जादू हैन । यसलाई मेडिकल टर्मिनोलोजीमा पेरीडोलिया भनिन्छ ।


यो खासमा एक मनोवैज्ञानिक स्थिति हो जसमा मानिसहरूलाई कुनै पनि कुरामा ध्यान दिँदा अनुहार देखिन थाल्छ ।
क्यानाडाको युनिभर्सिटी अफ टोरन्टोका प्राध्यापक कांग लीले पेरीडोलियामाथि धेरै अनुसन्धान गरेका छन् । यो रोग लागेका मानिसले चिन्तित नभई खुशी हुनुपर्ने उनी बताउँछन् किनकि तेज दिमाग भएका मानिसलाई चीजहरूमा अनुहार देखापर्छ ।


उनीहरूले तस्वीर र छायाँमा अजनबीको अनुहार देख्छन् । यी अनुहारहरू व्यक्तिको दिमागको उपज हो जसलाई कल्पनाको माध्यमले साकार रूप दिन्छ ।


हुन त यो रोग लागेको मानिसलाई कुनै नोक्सानी पुग्दैन तर उनीहरूको दिमागमा हरेक कुरामा डरलाग्दो आकृति देखापरेमा चिन्ता जन्मिन्छ ।


एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्