काठमाडौं, २० बैशाख - तीसको दशकको कथा समेटिएको चलचित्र ‘पञ्चायत’ को टिजर रिलिज भएको छ । टिजरमा सरोज खनाल र नीता ढुंगानालाई देख्न सकिन्छ ।

लगभग एक मिनेट लामो चलचित्रको टिजरमा नीता ढुंगानालाई लखेट्दै गरेको दृष्य समेत छ । चलचित्रलाई शिवम् अधिकारीले निर्देशन गरेका हुन् ।
सरोज र नीताका अतिरिक्त चलचित्रमा गणेश गिरी, गीता अधिकारी, सुचिता उप्रेती, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ ।