१५ असार २०८३, सोमबार

जेठको पहिलो साता देउवा प्रधानमन्त्री, प्रचण्डका सल्लाहकारले गरे यस्तो खुलासा

कात्तिक २०, २०७४
जेठको पहिलो साता देउवा प्रधानमन्त्री, प्रचण्डका सल्लाहकारले गरे यस्तो खुलासा

काठमाडौं, २० वैशाख– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जेठको पहिलो साता मुलुकको ४० औं प्रधानमन्त्री बन्ने भएका छन् । पहिलो चरणको स्थानीय निर्वाचन सकिएसँगै देउवा नयाँ प्रधानमन्त्री बन्न लागेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले त्यसको खुलासा गरेका हुन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै खनालले स्थानीय तहको पहिलो चरणको निर्वाचनपछि देउवा प्रधानमन्त्री हुने बताएका हुन् ।

साथै उनले कांग्रेस–माओवादी गठबन्धन कायमै रहने पनि दावी गरे । ‘कांग्रेस र माओवादीबीच भएको भद्र सहमति तोडिँदैन,’ खनालले भने, ‘हामीबीच भएको सहमती अनुसार स्थानीय तहको वैशाख ३१ गतेको पहिलो चरणको निर्वाचन लगत्तै देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ, ढुक्क भए हुन्छ ।’

खनालले बजेट र अर्काे चुनावको तालमेल कसरी मिलाउने भन्नेबारेमा गम्भीर छलफल भइरहेको पनि बताए । सहमति अनुसार नै यसमा निर्णय लिइने उनको भनाइ थियो ।

salt training

कमेन्ट गर्नुहोस्