काठमाडौं, २० बैशाख — चलचित्र ‘महानगर’ निर्माण हुने भएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी आउँदो २७ गतेबाट चलचित्र फ्लोरमा जान लागेको जानकारी दिइएको छ ।

मोहन राईको लेखन तथा निर्देशन रहने चलचित्रमा पहिले केकी अधिकारीलाई लिने भने पनि चलचित्रमा मेनुका प्रधानलाई लिइएको छ । केकी अधिकारीसँग कुरा नमिलेकाले निर्माता गोविन्द पराजुली बताए ।अन्य कलाकार भने अझै सार्वजनिक भइसकेको छैन ।
महानगरमा बस्ने मानिसका पीडा, दुख र एक्लोपनालाई कथानक बनाइएको चलचित्रमा कर्मा शाक्य र मेनुका प्रधानको जोडी देख्न पाइने भएको हो ।
नरेन्द्र मैनालीले छायांकन गर्न लागेको चलचित्रमा मिडलव फिल्मस् र माउन्टेल रिभर फिल्मसको सहकार्यमा बन्न लागेको हो ।