×

NMB BANK
NIC ASIA

बलात्कार काण्डमा मुछिएका एसएसपी अधिकारी पुर्पक्षका लागि थुनामा

साउन २७, २०७७

NTC
Premier Steels

युवती बलात्कारको अभियोग लागेका सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) राजेन्द्रकुमार अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिइएको छ ।

Muktinath Bank

जिल्ला अदालत कास्कीका न्यायाधीश दिपककुमार खरेलको एकल इजलासले अधिकारीलाई थुनामा राखेर मुद्दा पुर्पक्ष गर्न आदेश दिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अदालतका सूचना अधिकारी रामचन्द्र उपाध्यायका अनुसार २ दिनसम्म बहस सुनिसकेपछि पुर्पक्षका लागि थुनामा राख्ने आदेश मंगलवार भएको हो ।


Advertisment
Nabil box
Kumari

सरकारी वकिलको तर्फबाट जिल्ला न्यायाधीवक्ता गुरुदत्त गौतम लगायत ३ जना र प्रतिवादी तर्फबाट वरिष्ठ अधिवक्ता कृष्णबहादुर थापासहित ६ वकिलले बहस गरेका थिए ।

Vianet communication

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले उनीविरुद्ध २१ वर्ष जेल सजाय माग गर्दै जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत कास्कीमा अभियोगपत्र दायर गरेको छ । सरकारी कर्मचारीसहित उच्च पद धारण गरेको व्यक्तिलाई डेढी सजाय हुने व्यवस्था छ ।

पोखराको लामापाटनस्थित सशस्त्र प्रहरी, हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालयमा कार्यरत एसएसपी अधिकारीविरुद्ध गत असार ३१ गते चितवनबाट २७ वर्षीया युवतीलाई खाना खान बोलाएर क्वार्टरमै जबरजस्ती बलात्कार गरेको अभियोग छ ।

एकाएक घटना बाहिरिएपछि अनुसन्धानका लागि भन्दै कास्की प्रहरीले एसएसपी अधिकारीलाई पक्राउ गरेको थियो । त्यसपछि ३ पटकसम्म जिल्ला अदालतबाट म्याद थप स्वीकृति लिई प्रहरीले आवश्यक अनुसन्धान गर्दै आएको थियो । जसमा पहिलो पटक ७, दोस्रो पटक ७ र तेस्रो पटक १४ दिन म्याद थप भएको थियो ।

आफूलाई खाना खान बोलाएर अधिकारीले बलात्कार गरेको मौखिक उजुरी ती युवतीले जिल्ला प्रहरी कार्यालय कास्कीको कन्ट्रोल रुम १०० मा टेलिफोनमार्फत दिएकी थिइन् । त्यसपछि प्रहरीले पीडित युवतीलाई भेटेर घटनाबारे थप जानकारीसँगै घटनास्थलको अवलोकन गरी एसएसपी अधिकारीलाई पक्राउ गरेको थियो ।

घटना विवरण अनुसार चितवनबाट सोही दिन बिहान स्कुटर चढेर आएकी युवती खाना खाने निम्तो मान्न लामापाटनस्थित एसएसपी अधिकारी बस्ने क्वार्टरमै गएकी थिइन् । खानामा लठ्याउने चिज हालेर अधिकारीले आफूमाथि जबरजस्ती बलात्कार गरेको उजुरी दिएपछि कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) जीवनकुुमार श्रेष्ठ नेतृत्वको टोलीले अधिकारीलाई शिक्षालय परिसरको झाडीमा लुकीछिपी रहेको अवस्थामा पक्राउ गर्न सफल भएको थियो । स्रोतका अनुसार सो दिन एसएसपी अधिकारीको क्वार्टरमा रहेका सामानहरू छरपस्ट थिए ।

उनको सरुवाको अघिल्लो दिन मात्र सो घटना भएको थियो । स्याङ्जाका अधिकारी १ वर्षदेखि लामापाटनमा प्रमुखमा कार्यरत थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x