![रुबेन अवालेको ‘तिमीविना’ सार्वजनिक [भिडियोसहित]](https://lktcdn2.prixacdn.net/media/Timi_bina_uMNBGjfzpv.jpg)
कुसुम मिडिया क्रिएसन प्रा.लि.को नयाँ प्रस्तुति ‘तिमी विना’ गीत सार्वजनिक भएको छ ।
युवा गायक रुबेन अवालेको आवाजमा रहेको गीत ग्ल्याममान्डु युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
रोशिकले निर्देशन गरेको गीतमा प्रेम वियोगलाई भिडियो कथामा देखाउन खोजिएको छ ।
मिलन खड्का र रितु पौडेलेको अभिनय रहेको ‘तिमी विना’मा पुरुष पात्रको मनभित्र लुकेका प्रेम वियोगको बेदनालाई उसको दिनचर्यामार्फत बिर्सने प्रयास र अझ विगतले उसलाई पछ्याइरहेको वर्तमानका दृश्यहरू समेटिएको छ ।
युवा पुस्तामा हुने गरेका प्रेम र विछोडपछिको पीडालाई गायक रुबेन अवाले लेख्ने कोशिश गरेका छन् । गीतको संगीत संयोजन पनि अवाले आफैंले गरेका छन् भने संगीत सोल साउन्डको र साउन्ड मिक्सिङ जोल मुक्तानको छ ।
भिडियोको प्रोडक्सन व्यवस्थापन सुप्रिया महर्जन सापकोटाले गरेकी छिन् भने भिडियोको बजार व्यवस्थापन केशव रोक्का र हिम सागर बामले गर्दै आएका छन् ।
हेर्नुहोस्, भिडियो :