
भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई भेन्टिलेटरमा राखिएको छ।
दिल्लीको एक सैन्य अस्पतालमा भर्ना गरिएका मुखर्जीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको समाचार एजेन्सी एएनआईले उल्लेख गरेको छ।
आर्मी आर आर अस्पतालका अनुसार मुखर्जीलाई १० अगस्टमा अस्पतालमा भर्ना गरिउको थियो। र, मस्तिष्कको अप्रेसन गरिएको थियो।
अस्पतालका अनुसार अप्रेसनपछि उनको स्वास्थ्य अवस्था चिन्ताजक बनेको छ। र, भेन्टिलेटरको सर्पाेटमा राखिएको छ।
पूर्वराष्ट्रपति मुखर्जीले सोमबार आफै ट्वीट गरेर कोरोना संक्रमित भएको जानकारी दिएका थिए।