
बाजुराको त्रिवेणी नगरपालिका–८ कालापानीस्थित बूढीगंगा नदीका छेउमा एक मृतक बालिका भेटिएकी छन् ।
प्रहरीका अनुसार बालिका त्रिवेणी–८ पन्ताली घर भएका खडक लुहारकी ७ महिने छोरी रितु रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले बताए ।
बालिकाका बुवाका अनुसार मंगलवार बिहान आमाछोरी घरबाट निस्केको र बालिकाकी आमा पनि सम्पर्कमा छैनन् ।