काठमाडौं, २१ बैशाख प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा दर्ता महाभियोग प्रस्तावविरुद्ध कडा रूपमा प्रस्तुत हुँदै आएका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ विरोधमा सडकमै ओर्लिएका छन् । महाभियोग फिर्ता गराउन बुधबार वसन्तपुरमा आयोजित एक भेलामा सहभागी भएर सरकारविरुद्ध उनले आक्रामक भाषणसमेत दिए, अन्नपूर्ण पोस्टमा खबर छ ।

‘भूकम्पले सर्वोच्च अदालतको गजुर भत्काएको छ । प्रधानमन्त्रीले त्यो बनाउने प्रयास गर्नुभएन । तर, भएको न्यायपालिका पनि भत्काउन खोज्नुभएको छु, पूर्वप्रधानन्यायाधीश श्रेष्ठले भेलामा प्रधानमन्त्रीलाई चेतावनी दिँदै भने, ‘न्यायपालिका नै भत्किए कसले रक्षा गर्छ रु ख्याल गर्नुहोला ।'
श्रेष्ठले देशमा बचेका केही संस्थामध्ये न्यायालयलाई ढाल्ने प्रयास भएकोसमेत आरोप दगाए। गनलेमहाभियोगविरुद्ध उत्रन आह्वानसमेत गरे। ‘यदि, तपाईंहरूले विवेक र धर्म छाड्नुभयो भने पाप धुरीबाट कराउँछ । आज हामीलाई खाने बाघले भोलि तपाईंलाई पक्कै खान्छ', श्रेष्ठको चेतावनी थियो । पूर्वप्रधानन्यायाधीशहरू सडकमै उत्रिएर विरोधमा भाषण दिएको घटना विरलै पाइन्छ ।