०९ असार २०८३, मंगलबार

टहरामै झन्डा फरर

कात्तिक २०, २०७४
टहरामै झन्डा फरर
सिन्धुपाल्चोक, २१ बैशाख -२०७२ वैशाख १२ को भूकम्पलगत्तै भीमटार पुग्दा बाबुराम दनुवार भत्केको घर अघिल्तिर टोलाएर बसेका थिए । मुस्किलले डेढ वर्ष पुगेकी नातिनी च्यापेर राहतको बाटो हेरिरहेका थिए । बुधबार पनि उनी उसैगरी घर अगाडि भेटिए । भत्केको घरकै जगमा हालेको टहराअघि तिनै नातिनी बोकेर बसिरहेका थिए, कान्तिपुरमा खबर छ ।
भूकम्पपछिको दुई वर्षमा बाबुरामको भत्किएको घर बनेन । तर दु:खसाथ गुजारा चलाइरहेको उनको अस्थायी टहराको छानामा दुई फरक दलका झन्डा फरफराइरहेका थिए । र, यसपाला उनी राहत बाँड्न आउनेको बाटो कुरिरहेका थिएनन् । भोट माग्न को–को आउँछन् भनेर पर्खिबसेका थिए ।



उनी मेलापात गएका बेला स्थानीय दलका नेताहरूले छानामा झन्डा बाँधिदिएका रहेछन् । तर मत माग्न आउने नेताहरूप्रति उनको उतिसाह्रो सम्मोहन रहेनछ । चोर औंलाले आफ्नो टहरो देखाएर आक्रोश पोखे, ‘घर गल्र्यामगुर्लुम ढल्दा पनि कोही आएन । कसैले गाह्रोसारो सोधेनन् । हेरुम्, अहिले के भन्दै भोट माग्न आउँदा रै’छन् !’

salt training

कमेन्ट गर्नुहोस्