०४ असार २०८३, बिहीबार

‘संक्रमितको शवबाट कोराना सर्दैन’

साउन २९, २०७७
‘संक्रमितको शवबाट कोराना सर्दैन’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत शरीरबाट कोभिड–१९ नसर्ने जनाएको छ ।

शवले हाछ्यु नगर्ने र श्वास नफेर्न भएकाले संक्रमण नसर्ने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यदि शरीरबाट निस्केको तरल पदार्थ छ भने त्यो चलाएर राम्रोसँग हात नधोए भने मात्र संक्रमण सर्ने उनको भनाइ छ । अन्त्येष्टिमा सबैले हात धुने, पञ्जा प्रयोग गर्ने र मास्क लगाउने गर्नुपर्छ । 

परिवार र शुभेच्छुक कसैले हेर्न चाहेमा मृतकको अनुहार मात्र खोली देखाउन सकिने र मृतकलाई हातले मुसार्ने, अँगालो हाल्ने र चुम्बन गर्न भने नपाइने उनले बताए ।

मन्त्रालयले अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मीको अनिवार्य पीसीआर परीक्षण गराएर मात्र काममा लगाउन अस्पताललाई निर्देशन दिएको छ । संक्रमणको जोखिम बढिरहेकाले मन्त्रालयले चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई स्वस्थ्य राखी नियमित सेवामा कठिनाइ हुन नदिनका लागि उनीहरूको अनिवार्य पीसीआर परीक्षण गर्न निर्देशन दिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्