११ साउन २०८३, सोमबार

न्युजील्यान्डमा लगाइयो थप १२ दिनको लकडाउन

साउन ३०, २०७७
न्युजील्यान्डमा लगाइयो थप १२ दिनको लकडाउन

न्युजील्यान्डकी प्रधानमन्त्री जासिन्दा आर्डर्नले देशमा कोरोनाभाइरसको केस बढ्दै गएपछि थप १२ दिनको लकडाउन घोषणा गरेकी छन् । 
 

अकल्यान्डमा लेभल ३ को नियन्त्रण कायम रहने अनि देशका अन्य भागमा लेभल २ को अलर्ट लगाइने उनले घोषणा गरिन् । कोरोना नियन्त्रण भएको १०२ दिनपछि १३ वटा नयाँ केस देखिएको हो । 

क्लस्टरको पेरिमिटर स्थापना गर्ने सुनिश्चित गर्नु र संक्रमण फैलिन नदिनु महत्त्वपूर्ण छ,’ आर्डर्नले चेतावनी दिइन् । 
 

अकल्यान्ड क्लस्टरमा अमेरिकोल्ड कूलस्टोरका एक कामदारमा कोरोनाभाइरसको केस शुरूमा देखिएको हो । उनी जुलाई ३१ मा बिरामी परेका थिए । 

तर उनी नै पहिलो केस नहुन सक्छन् किनकि भाइरस संक्रमणको स्रोत पत्ता लागिसकेको छैन । 

‘हामीले सतर्कता अपनाइरहेर अनि शुरूमै कठोरता र शुरूमै काम गर्ने न्युजील्यान्डको दर्शनअनुसार अघि बढेर मन्त्रिपरिषद्ले थप १२ दिनको लकडाउन लगाउने निर्णय गरेको छ । त्यो भनेको पूरै दुई हप्ता हो,’ आर्डर्नले भनिन् । 
 

salt training

कमेन्ट गर्नुहोस्