काठमाडौं २१ वैशाख– प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा दर्ता गरिएको महाअभियोगको विरोधमा बिहीवार संसद भवन अगाडि प्रदर्शन हुने भएको छ ।
गैरसरकारी संस्था महासंघको अगुवाइमा न्यायिक स्वतन्त्रता तथा स्थानीय तह निर्वाचनको सुनिश्चितताका लागि संयुक्त नागरिक धर्ना कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
संसद बैठक बस्नु अगाडी दिउसो २ बजे नयाँ बानेश्वरस्थित संसद भवनलाई लक्षित गरी संयुक्त नागरिक खबरदारी अभियान आयोजना गरिएको हो ।
दिउँसो ३ बजे बस्ने संसद बैठकमा प्रधानन्यायाधीश कार्कीविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
