सामाजिक सञ्जाल फेसबुकले तीन हजार कर्मचारी भर्ती गर्ने भएको छ । फेसबुकले आफ्ना पेजहरुमा पोस्ट हुने सामाग्रीको समिक्षा, घृणयुक्त भाषण, बालबालिकाको शोषण, हात्या तथा आत्महत्या जस्ता सामाग्रीलाई निरुत्साहित गर्ने कामका लागि कर्मचारी नियुक्त गर्न लागेको हो ।

कम्पनीका मुख्य कार्यकारी मार्क जुकरवर्गले फेसबुकमा लाइभ भिडियोको माध्यमबाट मानिसले आफूलाई नोक्सान पु-याएको देख्दा निकै दुखी भएको बताएका छन् ।
उनका अनुसार यस्तो भिडियोका बारेमा रिपोर्ट गर्ने प्रकिया सहज बनाउनेछ ।
पछिल्ला केही समयदेखि हत्या तथा आत्महत्याको मामला अगाडि आएको छ, जुन फेसबुकमा लाइभ ब्रोडकास्ट भएका छन् ।
जुकरबर्गले ४ हजार ५ सय मोडरेटर पहिलादेखिनै भएको र नयाँ कर्मचारीले आपत्तिजनक कन्टेन्टमा चाढैं कदम उठान सकुन् भन्नका लागि कर्मचारी थप गर्न लागेको जनाएका छन् ।
आफ्नो फेसबुक प्रोफाइलमा उनले कम्पनीको नयाँ टूल बनाएका छन् ताकि आपत्तिजनक कन्टेन्टमा चाढैं कारवाही गर्न सकियोस् ।