
भक्तपुरस्थित मध्यपुर थिमि नगरपालिकाले सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएको छ।
भक्तपुरमा कोरोना भाइरसका संक्रमितको संख्या बढेको भन्दै नगरपालिकाले नगरभित्र सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएको हो।
आइतबारदेखि अरनिको लोकमार्गको हनुमन्ते पुलदेखि मनोहरा पुलसम्म सार्वजनिक यातायात रोक्न, यात्रु चढाउन, ओराल्न नपाइने गरी सवारी साधन चलाउन पाइनेछ।
मेयर मदनसुन्दर श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै आइतबारदेखि भदौ ९ गतेसम्म खाद्यान्न, पानी, ग्याँस र औषधी पसल बाहेक सबै सेवा बन्द हुने जनाएका हुन्।
ती सेवामा पनि शर्त कायम गरिएको छ। ‘नगरपालिका क्षेत्र भित्रका सम्पूर्ण व्यवसायहरू बन्द गर्ने गराइने छ। अति आवश्यक सामाग्रीका पसलहरू (खाद्यान्न, पानी, ग्याँस र औषधी पसल) दिनको ११ बजेदेखि १ बजेसम्म खोल्न पाइने छ,’ विज्ञप्तिमा भनिएको छ।
यसैगरी, जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट मिति शुक्रबार निषेध गरिएका सम्पूर्ण गतिविधि पूर्ण रुपमा पालना गर्न गराउन पनि मध्यपुर थिमिले अनुरोध गरेको छ।