२२ जेठ २०८३, शुक्रबार

फेसबूक प्रयोगकर्ताको संख्या दुई अर्ब पुग्न लाग्यो

कात्तिक २०, २०७४
फेसबूक प्रयोगकर्ताको संख्या दुई अर्ब पुग्न लाग्यो

काठमाडौं, २१ वैशाख — फेसबूकका प्रयोगकर्ताको संख्या दुई अर्ब पुगेपछि कम्पनीको नाफामा यो वर्ष वृद्धि भएको छ ।


प्रत्येक महिना फेसबूक चलाउने मानिसको संख्या बढेर १ अर्ब ९४ करोड पुगेको छ भने लगभग एक अर्ब तीस करोडले दिनदिनै यसको प्रयोग गर्छन् ।

सन् २०१७ को पहिलो त्रैमासिकमा फेसबूकले तीन अर्ब डलरभन्दा बढीको मुनाफा ग–यो र वर्षको हिसाबमा यो ७६ प्रतिशतको वृद्धि हो ।

तर विज्ञापनबाट उठ्ने रेभेन्युमा कमी आउन सक्ने पनि फेसबूकले चेतावनी दिएको छ ।

हालैका साताहरूमा फेसबूकमाथि घृणाका सन्देश, बालबालिकामाथिको दुर्व्यवहार र आत्महत्या जस्ता कुरामा दबाब परेको छ ।

बुधवार मार्क जुकरबर्गले फेसबूकका विषयवस्तुलाई सम्पादन गर्नका लागि तीन हजार अतिरिक्त व्यक्ति नियुक्त गर्ने घोषणा गरेका छन् ।

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्