०५ असार २०८३, शुक्रबार

रुसी महिलाले इन्स्टाग्राममा देखाइन् हिटलरको दाँत

साउन ३२, २०७७
रुसी महिलाले इन्स्टाग्राममा देखाइन् हिटलरको दाँत

रुसी महिला एलिजाभेता पेस्कोभाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा जर्मन तानाशाह एडोल्फ हिटलर र उनकी पत्नी एभा ब्राउनको दाँतको तस्वीर सार्वजनिक गरेकी छन् । 
 

पेस्कोभाका पिता दिमित्री पेस्कोभ रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ताका रूपमा सन् २०१२ देखि कार्यरत छन् । पेस्कोभाकी साथी तथा इतिहासमा रुचि राख्ने पिएर मालिनोभ्स्कीले हिटलरको दाँत हेर्न चाहेकोले देखाएको उनले बताइन् । 

सन् २०१८ मा फ्रान्सेली मानवशास्त्री शर्लियरले गरेको डीएनए विश्लेषणबाट यी दाँतहरू हिटलर र ब्राउनको भएको पुष्टि भइसकेको छ,’ उनले लेखिन् । 
 

पेस्कोभा सामाजिक सञ्जालमा सक्रिय रहने गरेकी छन् र इन्स्टाग्राममा १ लाख ३८ हजार फलोअर छन् । उनले फ्रान्सका तर्फबाट युरोपेली संसदमा दक्षिणपन्थी सदस्य आइमेरिक शोप्रादेमुनि बसेर इन्टर्नशिप गरेर सन् २०१८ मा चर्चा कमाएकी थिइन् । 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Elizaveta Dmitrievna (@lisa_peskova) on

salt training

कमेन्ट गर्नुहोस्