२३ असार २०८३, मंगलबार

अमेरिकाको राष्ट्रिय पक्षीले ध्वस्त पार्‍यो सरकारी ड्रोन (भिडियो)

साउन ३२, २०७७
अमेरिकाको राष्ट्रिय पक्षीले ध्वस्त पार्‍यो सरकारी ड्रोन (भिडियो)

अमेरिकाको राष्ट्रिय पक्षी बाज हो । मिशिगनमा एक बाजले आकाशमा उडाइएको ड्रोनमा आक्रमण गरेर ध्वस्त पारेको भिडियो सार्वजनिक भएको छ । 

सरकारी ड्रोनलाई ड्रोन पाइलट हन्टर किङले उडाइरहेका थिए । उनी त्यस क्षेत्रको पर्यावरणीय गुणस्तर हेरिरहेका थिए । 
 

ड्रोन १६२ फीटको उचाइमा उडिरहेको थियो । त्यसैक्रममा बाजले त्यसमाथि आक्रमण गर्‍यो । 
 

ड्रोन महंगै खालको थियो । त्यसको मूल्य ९९५ डलर अर्थात् १ लाख रुपैयाँभन्दा बढी थियो । 
 

ड्रोन उडाएको सात मिनेटभित्र बाजको आक्रमणमा परेर ध्वस्त भयो । ड्रोन क्य्राश भएर पानीमा खस्यो । 

बाजले ड्रोनलाई शिकार ठानेको हुनुपर्छ । उक्त क्षेत्रमा भेला भएका मानिसले ड्रोन ध्वस्त भएको दृश्य हेरे । 
 

salt training

कमेन्ट गर्नुहोस्