
नेपाल आयल निगम, प्रादेशिक कार्यालय अन्तर्गतका ११ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपाल आयल निगमले भैरहवा डिपो ५ दिन, पेट्रोल पम्प र हवाई इन्धन डिपो ७ दिनका बन्द गरेको छ।
अब चालकको कन्ट्याक्क ट्रेसिङ र पिसिआर परीक्षण गरिने जनाइएको छ। भैरहवा डिपो बन्द भएपछि ती क्षेत्रमा आवश्यक इन्धन अमलेखगन्जबाट वितरण गरिने छ।