३१ असार २०८३, बुधबार

सुनको मूल्य घट्यो, कति छ आज ?

सुनको मूल्य घट्यो, कति छ आज ?

भाद्र महिनाको पहिलो दिन सोमवार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । 

यस दिन छापावाल सुन प्रति तोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

अघिल्लो दिनको तुलनामा सुनमा प्रति तोला २ सय रुपैयाँको गिरावट आएको छ ।

अघिल्लो दिन आइतवार छापावाल सुन प्रति तोला ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस दिन तेजाबी सुन प्रति तोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन यस्तो सुन ९७ हजार ९ सय रुपैयाँ प्रति तोलामा कारोबार भएको थियो । 

महासंघले यस दिन चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय १५ रुपैयाँ कायम गरेको छ । अघिल्लो दिन चाँदी प्रति तोला १ हजार ३ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्