०७ असार २०८३, आइतबार

म्याग्दीमा चुनावः  प्रमुख पदमा एकमात्र महिला

कात्तिक २०, २०७४
म्याग्दीमा चुनावः  प्रमुख पदमा एकमात्र महिला
म्याग्दी, २१ वैशाख- यही बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा म्याग्दीमा गाउँपालिकाको प्रमुख पदमा एकजना महिलाले मात्र उम्मेदवारी दिएकी छन् ।

एक नगरपालिका र पाँच गाउँपालिका रहेको म्याग्दीमा धौलागिरि गाउँपालिकाको प्रमुखमा नेकपा ९एमाले०का तर्फबाट माध्यमिक विद्यालयको प्रधानाध्यापकको पदबाट राजीनामा दिएर थमसरा पुन गाउँपालिका प्रमुखको उम्मेदवार बन्नुभएको हो ।

पुनले धौलागिरि गाउँपालिकाको मुदी खिवाङमा अवस्थित चन्द्रज्योति माविको प्रधानाध्यापक पदबाट राजीनामा दिएर गाउँपालिका प्रमुखको उम्मेदवार बन्नुभएको हो ।

गाउँपालिका प्रमुखमा जिल्लाको एकमात्र महिला उम्मेदवार बनेपछि पुनको चर्चा चुलिएको छ । महिलालाई उपप्रमुख भन्दै कोटा विभाजन गरिएको अवस्थामा पुनले गाउँपालिकाअन्तर्गतका पुराना नेतालाई समेत पन्छाएर प्रमुखको उम्मेदवारीसँगै धौलागिरि गाउँपालिकाका मुदी, मुना, ताकम, मराङ, लुलाङ र गुर्जाका बस्तीमा आफ्नो योजनासहित चुनावी प्रचारप्रसार सुरु गर्नुभएको छ ।

उहाँ पदबाट राजीनामा दिएर आफ्ना योजनासहित अभियानमा जुट्नुभएको छ । धौलागिरि गाउँपालिकामा नेपाली काँग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको छ । दुई पार्टीको गठबन्धनलाई चुनौती दिँदै प्रमुख पदको उम्मेदवार बनेकी पुन शिक्षा क्षेत्रका साथै विभिन्न सङ्घसंस्थामा समेत सक्रिय हुनुहुन्छ ।

महिला नेत्रीले गाउँपालिकाको प्रमुखमा उम्मेदवारी दिएपछि पुनलाई बधाई दिनेको ताँती लागेको छ । “दुर्गम गाउँपालिकाको जिम्मेवारीमा पुग्ने प्रयासलाई हामीले ठूलो उपलब्धिका रुपमा लिएका छौँ । महिला सक्षम भए सहजै जिम्मेवारी बहन गर्न सक्छन् भन्ने उदाहरण बन्ने प्रयासमा हुनुहुन्छ थमसरा पुन”, दिदीबहिनी सहकारीकी अध्यक्ष जमुना आचार्यले भन्नुभयो ।

धौलागिरि गाउँपालिकामा पुरुष चारहजार चारसय ८६ र महिला चारहजार आठसय ४८ गरी नौहजार तीनसय ३४ मतदाता रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्