
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईईको नतिजा आजै प्रकाशित गर्ने भएको छ ।
कोरोना महामारीका कारण परीक्षा सञ्चालन हुन नसकेपछि सम्बन्धित विद्यालयले गरेको आन्तरिक मूल्यांकनकै आधारमा नतिजा सार्वजनिक गर्न लागिएको हो ।
विद्यालयले गरेको मूल्यांकनलाई बोर्डले प्रमाणित गरेपछि आजै नतिजा सार्वजनिक हुनेछ ।