
सरकारले विदेशमा अलपत्र नेपालीको उद्धार गर्दै आएकोमा हाल आएर स्थगित गरेको छ। यसअघि जेठ यता करिब ५० हजार जनाको चार्टर विमानबाट उद्धार गरिएको थियो। यद्यपि विमान भाडा व्यक्ति आफैले तिर्नुपर्दथ्यो।
कोभिड(१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी० ले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई अन्तर्राष्ट्रिय उद्धार उडानहरु स्थगित गरेपछि उद्धार उडान पनि स्थगित भएका हुन्।
कामदार आएर बस्ने होटल क्वारेन्टाइन तय नहुँदा उद्धार उडान स्थगित गरिएको हो।

नेपाल वायु सेवा निगमले पनि सूचना जारी गरेर उडान स्थगितको घोषणा गरेको छ।
कोभिड १९ संकट व्यवस्थापन समिति CCMC बाट प्राप्त निर्देशन अनुसार १८
— Nepal Airlines🇳🇵 (@NepalAirlinesRA) August 17, 2020
तारिख देखिका उद्दार उडानहरु अर्को सूचना जारी नभएसम्म हाललाई स्थगित
गरिएको छ । आज मिति १७ अगष्ट २०२० मा तय गरिएको काठमाडौं–दुवई उडान भने यथावत रहेको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।