१५ असार २०८३, सोमबार

काठमाडौं, पोखरा र चितवनमा कांग्रेस–माओवादीको चुनावी तालमेल, यस्तो छ मेयरको बाँडफाँड

कात्तिक २०, २०७४
काठमाडौं, पोखरा र चितवनमा कांग्रेस–माओवादीको चुनावी तालमेल, यस्तो छ मेयरको बाँडफाँड

काठमाडौं, २१ वैशाख– नेपाली कांग्रेस र माओबादी केन्द्रबीच स्थानीय चुनावमा देशमा तीन ठूला सहरमा चुनावी तालमेल हुने भएको छ । काठमाडौं, पोखरा र चितवनका महानगरपालिकाको चुनावका लागि कांग्रेस र माओबादीका बीचमा कार्यगत एकता भएको छ ।

काठमाडौं र पोखराको मेयरमा कांग्रेसलाई माओबादीले सघाउने र चितवनमा चाहिँ कांग्रेसले माओबादीलाई सघाउने निर्णय भएको कांग्रेस महामन्त्री सशांक कोइरालाले बताए ।

काठमाडौंमा माओवादी सर्वोत्तममान डंगोलको उम्मेदवारी दर्ता गरेको छ । त्यस्तै कांग्रेसले राजुराज जोशीलाई उम्मेदवार बनाएको छ । कांग्रेस माओवादीबीच चुनावी तालमेलमा भएको सहमति अनुसार अव कांग्रेसका राजुराज जोशी माओवादी कांग्रेसका संयुक्त उम्मेदवार बन्ने छन् ।

चितवनको भरतपुर महानगरपालिकामा माओवादीले प्रचण्ड पुत्री रेणु दाहाललाई उम्मेदवार बनाएको छ । कांग्रेसका तर्फबाट दिनेश कोइरालाले मेयरको उम्मेदवारीमा बाजी मारेका थिए । अब प्रचण्ड पुत्री रेणु दाहाल कांग्रेस माओवादीकी संयुक्त उम्मेदवार बन्नेछिन् ।

पोखरा लेखनाथमा कांग्रेसबाट रामजी कुँवर, माओवादी केन्द्रबाट विश्वप्रकाश लामिछाने उम्मेदवार दर्ता गरेका थिए । कांग्रेस–माओवादी सहमति अनुसार पोखरामा कांग्रेसका उम्मेदवार रामजी कुवर उम्मेदवार हुने छन् ।

यसअघि मंगलबार उम्मेदवारी दर्ताको दिन ढिलागरी एमाले र राप्रपाले चुनावी तालमेल गर्दै सत्तारुढ दलालाई आश्चर्यमा पारेका थिए । काठमाडौंको मेयरमा एमालेका विद्यासुन्दर शाक्य र उपमेयरमा राजाराम श्रेष्ठ बन्ने गरि तालमेल गरिएको थियो । एमाले राप्रपाले तालमेल गरेपछि कांग्रेस माओवादी दबाबमा परेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्