
काठमाडौं, २१ वैशाख — वेस्ट इन्डिजविरुद्धको टेस्ट सिरिजमा पाकिस्तानी क्रिकेट टिमका कप्तान मिस्बाह उल हकले एक रेकर्ड बनाएका छन् । उक्त रेकर्ड अहिलेसम्म कुनै पनि ब्याट्स्म्यानले बनाएका छैनन् र बनाउने इच्छा पनि राख्दैनन् ।

मिस्बाह क्रिकेटमा तीनचोटि ९९ बनाउने पहिलो ब्याट्स्म्यान हुन् ।
वेस्ट इन्डिजका विरुद्ध पहिलो टेस्टमा ९९ रनमा नटआउट रहेका मिस्बाह दोस्रो टेस्टको पहिलो इनिङमा ९९ मै आउट भए । सन् २०११ मा न्युजिल्यान्डका विरुद्ध ९९ मा आउट भएका मिस्बाह तेस्रोचोटि दुर्भाग्यशाली रहे ।
अहिलेसम्म ७९ ब्याट्स्म्यान ९९ मा आउट भएका छन् वा नटआउट बसेका छन् । नौजना ब्याट्स्म्यान भने दुईचोटि ९९ मा आउट भएका छन् ।
एजेन्सी