१२ असार २०८३, शुक्रबार

तुलसीपुरका एक व्यापारी बेपत्ता, खोजी गरिदिन आग्रह

कात्तिक २०, २०७४
तुलसीपुरका एक व्यापारी  बेपत्ता, खोजी गरिदिन आग्रह

दाङ, २१ वैशाख– तुलसीपुर उपमहानगरपालिका–५ बस्ने करिब ४० वर्षीय रत्नबहादुर वली बेपत्ता भएका छन् ।

मंगबार दिउँसो करिब ४ बजेदेखि बेपत्ता भएका वलीको हालसम्म कुनै पनि जानकारी नआएपछि उनका परिवार चिन्तित बनेका छन् ।

परिवारले तुलसीपुर इलाका प्रहरी कार्यालयमा वली एकाएक बेपत्ता भएकाले खोजी गरिदिन माग गरेपछि प्रहरीले उनको खोजी तीव्र पारे पनि फेलापार्न नसकेको जनाएको छ ।

उनले प्रयोग गर्ने गरेको मोबाइल समेत बन्द रहेको र खोज तलासकै क्रममा उनले चलाउँदै आएको मोटरसाइकल भने घोराहीमा बेवारिसे अवस्थामा फेला पारेको इलाका प्रहरी प्रमुख लोकनाथ तिम्सिनाले जानकारी दिए ।

तुलसीपुरस्थित बसपार्कमा पेय पदार्थको व्यवसाय गर्दै आएका वली पछिल्लो समयमा जग्गा प्लटिङ, खरिद तथा बिक्री कार्यमा संलग्न थिए ।

यसैबीच राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष रेशम विसीले एक विज्ञप्ति जारी गर्दै बेपत्ता भएका वलीको खोजी गरिदिन माग गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्