११ असार २०८३, बिहीबार

सुदूरपश्चिममा सार्वजनिक बिदा

सुदूरपश्चिममा सार्वजनिक बिदा

    
    सुदूरपश्चिम प्रदेशमा भदौ ७ गते थारू समुदायको महत्वपूर्ण पर्व अट्वारीको उपलक्ष्यमा सार्वजनिक बिदा दिइएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता तेजप्रकाश जोशीले प्रदेशभरिका सरकारी तथा सार्वजनिक कार्यालयमा अट्वारी पर्वका अवसरमा बिदा दिइएको बताए।

    अट्वारीलाई थारू समुदायमा दाजुभाइ, दिदीबहिनी र छरछिमेकीबीच माया, ममता, सद्भाव र भ्रातृत्व कायम गर्ने पर्वका रूपमा मनाइन्छ । विसं २०७७ मा दिइने बिदासम्बन्धी सूचना प्रदेश राजपत्रमा प्रकाशन भइसकेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्