१० असार २०८३, बुधबार

विरोधकाबीच भरतपुर महानगरका मेयरको उम्मेदवारी फिर्ता

कात्तिक २०, २०७४
विरोधकाबीच भरतपुर महानगरका मेयरको उम्मेदवारी फिर्ता

चितवन, २१ वैशाख– बिरोधकाबीच नेपाली कांग्रेसले भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवारी फिर्ता लिएको छ ।

कृष्ण सिटौला पक्षधर मानिएका उम्मेदवार दिनेश कोइरालाको उम्मेदवारी फिर्ता गरिएको हो । कांग्रेसले निर्वाचन कार्यालयमा पत्र पठाएर कोइरालाको उम्मेदवारी फिर्ता लिइएको छ ।

नेपाली कांग्रेस र माओवादी केन्द्रबीच काठमाडौं, पोखरा तथा भरतपुर महानगरपालिकामा चुनावी तालमेल गरेको हो । जस अनुसार काठमाडौं र पोखराका मेयरमा माओवादीले कांग्रेसलाई समर्थन गर्ने छ भने भरतपुरमा कांग्रेसले माओवादीकी उम्मेदवार रेणु दाहाललाई समर्थन गर्नेछन् ।

चुनावी तालमेलका कारण आफ्ना उम्मेदवारी फिर्ता गर्नुभएपछि चितवनमा नेपाली कांग्रेसका कार्यकर्ताले विरोध गरेका छन् । उनीहरुले पार्टी सभापति शेरबहादुर देउवाको पुत्लादहन गरेका थिए भने केन्द्रमा समेत कृष्ण सिटौलाले विरोध गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्