१४ असार २०८३, आइतबार

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोवार ?

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोवार ?

नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य ह्रास आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार पहेँलो धातुको मूल्यमा प्रतितोला रु ४०० ले गिरावट आएको छ ।

महासङ्घले छापावाला सुनको मूल्य प्रतितोला रु ९८ हजार ४०० तोकेको छ । यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ९०० निर्धारण गरिएको छ ।

शुक्रबार स्थानीय बजारमा छापावाला सुनको मूल्य प्रतितोला रु ९८ हजार ८०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार ३०० कायम थियो ।

पहेँलो धातुसँगै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ ।

चाँदी प्रतितोला रु २५ ले घटेर एक हजार ३४५ पुगेको महासङ्घले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्