१२ साउन २०८३, मंगलबार

सुशान्त मृत्यु प्रकरणमा नयाँ मोड, सीबीआईका यी २६ प्रश्नको घेरामा रिया चक्रवर्ती

भदौ ८, २०७७
सुशान्त मृत्यु प्रकरणमा नयाँ मोड, सीबीआईका यी २६ प्रश्नको घेरामा रिया चक्रवर्ती

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु प्रकरण अनुसन्धानमा सीबीआई नयाँ मोडमा पुगेको छ ।

सीबीआई रिया चक्रवर्ती र उनका बुवा इन्द्रजीत चक्रवर्तीमाथि अनुसन्धान केन्द्रित गर्ने निष्कर्षमा पुगेको छ । अनुसन्धानका क्रममा सोधपुछ गर्न दुवैलाई सीबीआईमा बोलाउने तयारी भइरहेको भारतीय सञ्चारमाध्यम नवभारत टाईम्सले लेखेको छ ।

सुशान्तका बुवाले दिएको जाहेरीका आधारमा रिया मुख्य आरोपी छिन् । अनुसन्धानका लागि सोमवार सीबीआईले सोधपुछ गर्न सक्ने जनाइएको छ ।

स्रोतका अनुसार सीबीआईको टीम रियासँग लामो र धेरै दिनसम्म सोधपुछ गर्नसक्छ । जाहेरीमा रियालाई शंकास्पद मानिएको छ भने प्रश्नको घेरा समेत ठूलो छ । सीबीआईले पहिलो चरणमा २६ प्रश्न सोध्न सक्ने टाईम्सले लेखेको छ ।

यी हुन् रियालाई सोधिनसक्ने २६ प्रश्न –

१. तपाईं र सुशान्तबीच यस्तो के भयो, जसले गर्दा तपाईं ८ जुनको दिन उनको घरबाट जानुभयो ?
२. के सुशान्त कुनै कुरालाई लिएर हैरान थिए ? यदि हो भने त्यो के थियो ?
३. सुशान्तको मृत्यु भएको दिन अर्थात् १४ जुनमा तपाईं कहाँ हुनुहुन्थ्यो र के गर्दै हुनुहुन्थ्यो ?
४. सुशान्त कुन किसिमको औषधि सेवन गर्थे ?
५. के तपाईंले सुशान्तलाई कुनै डाक्टरसँग भेटाउनुभएको थियो ?
६. सुशान्त हिन्दुजा अस्पतालमा किन भर्ना भएका थिए ?
७. के तपाईंले सुशान्तको परिवारलाई स्वास्थ्य खराब भएकोबारे जानकारी दिनुभएको थियो ?
८. के तपाईंले सुशान्तसँग कुनै फिल्म सम्झौता गर्नुभएको थियो ?
९. के तपाईंको बुवाले सुशान्तलाई कुनै औषधि सेवन गर्न भन्नुभएको थियो ?
१०. के सुशान्तका पैसासँग जोडिएका निर्णय तपाईं लिनुहुन्थ्यो ?
११. सुशान्तसँग तपाईंको सम्बन्ध के थियो ?
१२. के सुशान्तको मृत्युपछि तपाईंले सुशान्तको परिवारलाई फोन गर्नुभयो ?
१३. के तपाईं सुशान्तको मृत्युपछि उनको घर जानुभयो ?
१४. तपाईं कपूर अस्पतालको शवगृहमा के गर्न जानुभएको थियो ?
१५. तपाईंसँग मुम्बई पुलिसले कतिपल्ट सोधपुछ पर्‍यो ?

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Still struggling to face my emotions.. an irreparable numbness in my heart . You are the one who made me believe in love, the power of it . You taught me how a simple mathematical equation can decipher the meaning of life and I promise you that I learnt from you every day. I will never come to terms with you not being here anymore. I know you’re in a much more peaceful place now. The moon, the stars, the galaxies would’ve welcomed “the greatest physicist “with open arms . Full of empathy and joy, you could lighten up a shooting star - now, you are one . I will wait for you my shooting star and make a wish to bring you back to me. You were everything a beautiful person could be, the greatest wonder that the world has seen . My words are incapable of expressing the love we have and I guess you truly meant it when you said it is beyond both of us. You loved everything with an open heart, and now you’ve shown me that our love is indeed exponential. Be in peace Sushi. 30 days of losing you but a lifetime of loving you.... Eternally connected To infinity and beyond

A post shared by Rhea Chakraborty (@rhea_chakraborty) on

१६. तपाईंले सुशान्तसँग मिलेर एक नयाँ कम्पनी किन बनाउनुभयो ?
१७. लकडाउनमा तपाईंको घरमा तपाईंलाई भेट्न को–को आउनुहुन्थ्यो ?
१८. सुशान्तकी बहिनीसँग तपाईंको कुनै झगडा छ ?
१९. तपाईंले सुशान्त र आफ्नो सम्बन्धबारे क–कसलाई बताउनुभएको थियो ?
२०. तपाईंले डीबीपी (बान्द्रा) लाई किन फोन गर्नुभएको थियो ?
२१. तपाईंलाई के लाग्छ सुशान्तको मृत्यु कसरी भयो ?
२२. तपाईंले सिद्धार्थ पिठानीलाई कहिले भेट्नुभयो ?
२३. तपाईंले सुशान्तको घरको कर्मचारीलाई जागिरबाट किन निकाल्नुभयो ?
२४. के तपाईं पिठानी र सैमुअल मिरान्डाको सम्पर्कमा हुनुहुन्छ ?
२५. युरोप भ्रमणमा के भएको थियो ?
२६. सुशान्तको बैंक खाताबाट पैसा कहाँ गए ? खर्च भए त कहाँ भए ?

सोमवारै अनुसन्धानका क्रममा सीबीआई टीम वाटरस्टोन रिसोर्ट पुगेको छ । यो रिसोर्टमा सुशान्त २ दिन बसेका र रियाको परिवारले ‘जादू–टोना’वाला पूजा गरेको बताइन्छ । सुशान्तका कूक निरज, दीपेश सावन्त र सिद्धार्थ पिठानीसँग हासम्म गरिएको सोधपुछमा सीबीआईले धेरै ठाउँमा अन्तर पाएको छ । यसैक्रममा सोमवार समेत पिठानीसँग थप सोधपुछ हुनसक्ने टाईम्सले लेखेको छ ।

salt training

कमेन्ट गर्नुहोस्