भारतको एक सडकमा सर्प र न्याउरीले भिडन्त गरेको भिडियो सार्वजनिक भएको छ ।
सडकको बीचमै उनीहरूको भिडन्त हुँदा मोटरसाइकलमा आएकाहरूले रोकेर हेरेका थिए ।
भिडियोलाई भारतीय वन विभागका अधिकारी डा अब्दुल कयूमले ट्विटरमा शेयर गरेका हुन् ।
न्याउरीसँग विषालु सर्पलाई हराएर मार्न सक्ने क्षमता हुन्छ । न्याउरीको शरीरमा भएको एसेटाइलकोलाइन रिसेप्टरले विषबाट रक्षा गर्छ । अनि उसको बाक्लो भुवादार छाला र तीव्र गति पनि लडाइँको बेलामा उपयोगी रहन्छ ।
भिडियोमा सर्प न्याउरीको पञ्जाबाट भाग्न खोजेको तर नसकेको देखिन्छ । न्याउरीले सर्पलाई दाँतले च्यापेर सडकछेउको झाडीमा लग्छ ।
सडकछेउमा बसेका मानिस न्याउरी र सर्पको भिडन्त हेर्नका लागि गाडी रोकेर भिडियो खिच्दै बसिरहेका हुन्छन् ।
This is absolutely natural. I am happy that no crusader jumped in to save either species. It’s the survival of fittest which prevails in #nature
— Dr Abdul Qayum, IFS (@drqayumiitk) August 18, 2020
Vid-WA. @IfsJagan @vivek4wild pic.twitter.com/RtsR5LosnI