
सरकारले एकैपटक ६० जना सहसचिवहरूको सरुवा गरेको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालयका सहसचिवहरूको सरुवा गरेको हो।
संघका मन्त्रालयमा रहेका वरिष्ठ सहसचिवलाई प्रदेशमा पठाइएको छ, भने प्रदेश सचिवको रुपमा कार्यरत सहसचिवहरूलाई संघमा ल्याइएको छ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थको सामाजिक विकास मन्त्रालय प्रदेश ५ मा सरुवा भएको छ। अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्री प्रदेश १ को भौतिक तथा योजना मन्त्रालयको सचिव बनेका छन्।
आन्तरिक तथा कानुन मन्त्रालय प्रदेश २ का सचिव कृष्णहरि पुष्कर गृह मन्त्रालय आएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सहसचिव दिनेश घिमिरे मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय प्रदेश १ मा पुगेका छन्।
हेर्नुस् सरुवाकाे सूची