१० असार २०८३, बुधबार

डेढ सय वर्ष अघिकाे विश्वकाे धनी सहर, जसलाई 'सिटी अफ गोल्ड' भनिन्थ्याे

भदौ १०, २०७७
डेढ सय वर्ष अघिकाे विश्वकाे धनी सहर, जसलाई 'सिटी अफ गोल्ड' भनिन्थ्याे

न्यूयाेर्क र लन्डन विश्वका सबैभन्दा धनी सहरमा गनिन्छन्।

तर डेढ सय वर्ष अघि दक्षिण अफ्रिकाकाे एउटा सहर विश्वकाे सबैभन्दा धनी थियाे। यस सहरकाे नाम हाे जोहान्सबर्ग।  

याे दक्षिण अफ्रिकाकाे सबैभन्दा ठूलाे र अधिक जनसंख्या रहेकाे सहर हाे।

हिरा र सुनकाे खानीका लागि प्रसिद्ध जोहान्सबर्गलाई आजभन्दा १ सय ५० वर्ष अघि 'सिटी अफ गोल्ड' बाटि चिनिन्थ्याे।​

त्यतिखेर विश्वमा खपत हुनेमध्ये ८० प्रतिशत सुन त्यही सहरकाे खानीबाट निकालिन्थ्याे।

​तर अचेल याे सहर विश्वकाे  खतरनाक सहरकाे सूचीमा पर्न थालेकाे छ। याे सहर अब अपराधीकाे अड्डा बनिसकेकाे छ।

भनिन्छ सन् १८८६ मा एक अंग्रेजले जोहान्सबर्गमा सुनकाे खानी पत्ता लगाएका थिए। जब विश्वलाई यस ठाउँबारे जानकारी भयाे तब अन्य देशका मान्छे पनि त्यहाँ गएर बस्न थाले। सुनकाे खानीका कारण याे सहर विश्वकाे धनी बन्याे।

जोहान्सबर्गमा 'गोल्ड रिफ सिटी' मनोरन्जनकाे सबैभन्दा
ठूलाे केन्द्र हाे। याे सहरकाे सेन्ट्रल बिजनेस डिस्ट्रिक्ट सुनकाे खानी नजिकै छ। खासमा यहाँ एउटा पार्क छ, जहाँ काम गर्ने कर्मचारी  १८८० काे समयकाे पोशाक लगाउँछन्।

जोहान्सबर्गकाे सबैभन्दा ठूलाे म्यूजियम हेक्टर पीटरसन म्यूजियम हाे। यसलाई १६ जुन २००२ मा आमनागरिकका लागि खाेलिएकाे थियाे।

​जोहान्सबर्ग का 'द साउथ अफ्रिकन म्यूजियम अफ रक आर्ट' त्याे म्युजियममध्ये हाे, जहाँ पत्थरकाे नक्काशीदार वस्तु राखिएकाे छ। -एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्