२८ जेठ २०८३, बिहीबार

...त्यसपछि थपियो चुनावी रौनक

कात्तिक २०, २०७४
...त्यसपछि थपियो चुनावी रौनक
काठमाडौँ, २२ वैशाख - पहिलो चरणको स्थानीय तह निर्वाचनमा आफ्नो पकड सुनिश्चित गर्न प्रमुख राजनीतिक दलले चुनावी तालमेल गरेर निर्वाचनमा होमिने रणनीतिमा जुटेका छन् । निर्वाचनमा प्रमुख दलहरू नै तालमेलमा जुट्न थालेपछि चुनावी रौनक थपिएको खबर गोरखापत्रमा छापिएको छ ।3-dal
दलहरू स्थानीय तहमा आफ्नो अनुकूलताका आधारमा महानगरपालिकाको प्रमुखदेखि वडा अध्यक्षसम्म तालमेल गरेका छन् । दलहरूले साना दल, फरक विचार र सिद्धान्तका दलसँग निर्वाचनमा समीकरण गरेका छन् । निर्वाचनमा मतदातासमक्ष जान दलहरूले उत्साहका साथ आ–आफ्ना घोषणापत्र र प्रतिबद्धतापत्र यसअघि नै सार्वजनिक गरेका थिए र केहीले अझै गर्दैछन् । तर, निर्वाचनमा दलका कार्यकर्ताहरूले एकअर्को पार्टीका उम्मेदवारलाई समेत मत मागिदिनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ ।
महानगरपालिकादेखि स्थानीय स्तरसम्म काँग्रेस–माओवादी, एमाले–माओवादी, काँग्रेस–एमाले, एमाले–राप्रपासम्मको समीकरण देखिएको छ । काठमाडाँै र पोखरा महानगरपालिकामा नेपाली काँग्रेसलाई माओवादी केन्द्रले समर्थन गर्ने र चितवनको भरतपुर महानगरपालिकामा केन्द्रका उम्मेदवारलाई काँग्रेसले समर्थन गर्ने निर्णयसँगै चुनावी तालमेल भएको छ ।

यसअघि एमाले र राप्रपाबीच उम्मेदवारीका दिन नै राजधानीमा तालमेल गरेर तालमेलको राजनीतिक बजार तातेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्