१२ साउन २०८३, मंगलबार

एकैदिन थपिए ११ सयभन्दा बढी कोरोना संक्रमित, थप ८ जनाको मृत्यु

एकैदिन थपिए ११ सयभन्दा बढी कोरोना संक्रमित, थप ८ जनाको मृत्यु

नेपालमा कोरोनाभाइरस (कोभिड- १९) संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा बिहीवार आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ११ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको हो ।

संक्रमितमध्ये २० हजार ७३ जना निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा छ सय ६९ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

मृतकको संख्या भने  १८३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्