०१ असार २०८३, सोमबार

स्विजरल्याण्डको पर्यटकीय क्षेत्रमा रहेको झोलुंगे पुलको नाम ‘नेपाल’

स्विजरल्याण्डको पर्यटकीय क्षेत्रमा रहेको झोलुंगे पुलको नाम ‘नेपाल’

स्विजरल्याण्डको एक प्रख्यात पर्यटकीय क्षेत्रमा नेपाल नामको झोलुंगे पुल छ भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । तर यो सत्य हो ।

स्विजरल्याण्डको बर्न क्षेत्रमा रहेको पहाडी इलाका जुन म्युरेन र जिमेलवाल्डको बीचमा रहेको एक पुलको नाम नेपालब्रक रहेको छ ।

त्यस क्षेत्रमा ढुंगाले बनेको पहाड चढ्न वर्षेनी लाखौँ पर्यटक जाने गर्छन् । जसलाई भिया फेराटा भनिन्छ । भिया फेराटाको कूल लम्बाइ २ दशमलव २ किलोमिटर रहेको छ ।

भिया फेराटा भनेको ढुंगाले बनेको पहाडै पहाड फलामे तारको सहायतामा हिंड्ने पर्यटकीय स्थल हो ।

यसबीचमा एउटा झोलुंगे पुल आउँछ जसलाई नेपालब्रक भनिन्छ । झोलुंगे पुल जमिनबाट ३ सय २८ फीट माथि छ भने यसको कूल लम्बाइ २ सय ६२ फीट रहेको छ । 

त्यस पुलको नाम नेपालब्रक किन रह्यो भन्ने प्रश्न भने रहस्यमै छ ।  

यसको बारेमा चर्चित भारतीय भिडियो ब्लगर ध्रुव राठीले आफ्नो ब्लगमा पनि उल्लेख गरेका छन् । हेर्नुहोस् भिडियो - 

salt training

कमेन्ट गर्नुहोस्