११ साउन २०८३, सोमबार

म्यानचेस्टर सिटी मेस्सी र ग्वार्डिओला दुवैसँग सम्झौता गर्न खोज्दै

भदौ १४, २०७७
म्यानचेस्टर सिटी मेस्सी र ग्वार्डिओला दुवैसँग सम्झौता गर्न खोज्दै

म्यानचेस्टर सिटी क्लबले लियोनेल मेस्सी र पेप ग्वार्डिओला दुवैलाई आफूकहाँ राख्नका लागि सम्झौता गर्ने बेलायती पत्रिका द मिररले दाबी गरेको छ ।
 

मेस्सीलाई बार्सिलोेनाबाट किनेर ल्याउन आफूहरू सफल हुने सिटीको विश्वास छ । ६ पटकका बालून दोर विजेता मेस्सीले नाओ क्याम्प छोड्ने निर्णयबाट पछि नहट्ने संकेत दिएका छन् । 

३३ वर्षीय मेस्सी क्लबमा आए भने व्यवस्थापक ग्वार्डिओला पनि अर्को तीन वर्षसम्म क्लबमै बस्नेछन् भनी सिटीलाई थाहा छ । 
 

बार्साका नयाँ प्रशिक्षक कोम्यानले मेस्सी विनाको टोलीको योजना बनाउन थालिसकेका छन् । 
 

मेस्सीको रिलीज क्लज ६३० मिलियन पाउन्ड तिराउन सिटीलाई बाध्य बनाउने गरी अदालतमा जानुको साटो बार्सिलोना प्रमुखहरू मेस्सीलाई बेच्नका लागि सिटीसँग २५० मिलियन पाउन्ड र खेलाडीहरूको अपेक्षा गरिरहेका छन् । 
 

मेस्सीलाई पेरिस सेन्ट जर्मान र इन्टर मिलानबाट पनि ठूलै अफरहरू आएका छन् भने युभेन्टसले पनि उनलाई किन्नका लागि अन्तिम समयमा आएर प्रयास गरिरहेको छ । 

तर मेस्सीलाई सिटी जान मन छ किनकि उनका पूर्व प्रशिक्षक ग्वार्डिओला त्यहीँ छन् र ग्वार्डिओला यस सीजनको अन्त्यपछि क्लबबाट ननिस्कने शर्तमा उनी त्यहाँ आउन चाहन्छन् । 
 

ग्वार्डिओला सिटी व्यवस्थापकका रूपमा पाँचौं सीजनमा छन् र उनको सम्झौता अर्को वर्ष सकिँदैछ । 

उनकी पत्नी क्रिस्टिना उनीहरूकी कान्छी छोरीसहित एक वर्षअघि बार्सिलोना सरेकी छन् र फेशन व्यापारमा काम गर्नका लागि समय दिन चाहिरहेकी छन् । 

सिटीले सन् २०२१ पछि पनि ग्वार्डिओला क्लबमै रहून् भन्ने चाहेका छन् । मेस्सी क्लबमा आए भने ग्वार्डिओला बस्ने पक्का छ । 

salt training

कमेन्ट गर्नुहोस्