११ असार २०८३, बिहीबार

रुसले बनायो हावामा कोरोना पत्ता लगाउने डिभाइस, यस्तो छ विशेषता

भदौ १६, २०७७
रुसले बनायो हावामा कोरोना पत्ता लगाउने डिभाइस, यस्तो छ विशेषता

हावामा नै कोेरोनाभाइरस, ब्याक्टेरिया, विषाक्त पदार्थ र भाइरसबाट हुने रोग पत्ता लगाउन सक्ने एक उपकरण रुसले विकसित गरेको छ । 

हावामा रहेका प्याथोजिनहरू पत्ता लगाउनुका साथै यस विशेष उपकरणले केही सेकेन्डभित्रै सम्भावित खतराको सूचना दिन्छ र त्यसको स्रोतलाई इंगित गर्छ । 

केही साताअघि मस्को नजिक केमिस्ट्री बायो नामक उपकरण प्रदर्शन गरिएकोथियो । त्यसलाई केएमजी कारखानाले बनाएको हो । 

त्यो उपकरण बनाउने टोल मस्कोमा गामालेया इन्स्टिच्युट अफ एपिडेमियोलोजी यान्ड माइक्रोबायोलोजीमा पनि संलग्न छ । उक्त संस्थाले नै संसारको पहिलो कोरोना खोप बनाएको दाबी गरेको छ । 

यो डिभाइस फ्रिज जस्तो देखिन्छ । यसका अनेकौं पत्रहरू हुन्छन् र प्रत्येक पत्रले आफ्नो परीक्षण आफैं गर्छ । 

साना प्रयोगशालाहरूको अनेकौं पत्र भएको यस डिभाइसमार्फत हावामा कोरोना र अन्य किसिमका भाइरस पत्ता लगाउन सकिन्छ । 

पहिलो चरणमा यसले वरपरको हावाको नमूना एकत्रित गर्छ । अनि १० देखि १५ सेकेन्डमा भाइरस, ब्याक्टेरिया वा विषाणुको कुनै पनि निशानका विषयमा सचेत बनाउँछ । 

पहिलो चरणमा आरम्भिक स्तरमा विशिष्ट रोगजनक कारण पत्ता लाग्दैनन् । 

दोस्रो चरणमा उपकरणले संकलन गरिएको हावाको नमूनालाई पुनः विस्तृत विश्लेषण गर्छ र कुनै सूक्ष्म जीव छ भनी विश्लेषण गर्छ । यसका लागि एकदेखि दुई घन्टा लाग्छ । 

यसलाई भीडभाड हुने सार्वजनिक स्थानमा लगेर त्यहाँको हावामा कोरोना छ कि छैन भनी पत्ता लगाउन उपयोग गरिनेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्