०३ साउन २०८३, आइतबार

शिल्पाद्वारा निर्मातामाथि आरोप

भदौ १५, २०७७
शिल्पाद्वारा निर्मातामाथि आरोप

सिने आर्टिस्ट एसोसिएसनद्वारा दुई वर्षको प्रतिबन्ध फुकुवापछि बलिउड अभिनेत्री शिल्पा सिन्देको कमब्याक भएको छ।

शिल्पा कमेडी सो ‘ग्याङ्स अफ फिल्मिस्तान’ बाट टेलिभिजन कार्यक्रममा देखिन थालेकी हुन्। यो सोमा सुनिल ग्रोवर, अली असगर र सिद्धार्थ सागर पनि देखिँदै छन्। तर सो सुरु हुनुभन्दा अगावै शिल्पाले ‘ग्याङ्स अफ फिल्मिस्तान’ का निर्मातामाथि शोषणको आरोप लगाएकी छन्।

सुरुमा सातामा दुई दिन मात्रै काम गर्नुपर्ने भनिए पनि लगातार १२ घण्टा सुटिङ गराएर कलाकारको शोषण गरेको उनको आरोप छ।

शिल्पाको थप आरोप छ, ‘सिने आर्टिस्ट एसोसिएसनका पदाधकारीहरू सधैं कलाकारको छवि धूमिल पार्न लागेका छन्। तर यहाँ श्रम शोषण गरेर टर्चर गरिँदा कसैलाई मतलब छैन।’ त्यसो त शिल्पाको कलाकार सुनिल ग्रोवरसँग पनि काम गर्ने चाहना थिएन। आफ्नो पार्टमा उनीसँग रोल नभएको भनेर झुक्याइएको पनि उनले आरोप लगाएकी छन्। अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्