२५ जेठ २०८३, सोमबार

भारतद्वारा कश्मीरमा लडाकुविरुद्धको ठूलो कारवाही शुरु

कात्तिक २०, २०७४
भारतद्वारा कश्मीरमा लडाकुविरुद्धको ठूलो कारवाही शुरु

काठमाडौं, २२ वैशाख — भारतीय सुरक्षाफौजले अशान्त कश्मीर क्षेत्रमा लडाकुहरूको खोजीमा ठूलो कारवाही शुरु गरेको छ ।


बिहीवारबाट शुरु भएको उक्त कारवाही सुरक्षाकर्मी र बैंकहरूमा भएका आक्रमणको शृंखलापछि आएको हो ।

सुरक्षाकर्मीहरूले कम्तीमा २० गाउँलाई घेरेर सर्च एन्ड कोर्डन अपरेसन शुरु गरेका छन् ।

एक महिनाअघिदेखि कश्मीरमा विरोध प्रदर्शनहरू भइरहेका छन् ।

‘सेना, अर्धसैनिक बल र प्रहरीले घरघरको खानतलासी लिँदै गर्दा हेलिकप्टरहरू हामीमाथि उडिरहेका छन्,’ शोपियान गाउँका एक गाउँलेले भने ।

वरिष्ठ प्रहरी अधिकृत एसपी पानीले यो अभूतपूर्व कारवाही भएको एएफपी समाचार संस्थालाई बताए ।

‘लडाकुहरूलाई समात्न असम्भव छ तर कुनै पनि बेलामा उनीहरूसँग दोहोरो भिडन्त हुन सक्छ,’ उनले भने ।
कारवाहीका दौरान नागरिकहरूबाट सेनाले प्रतिकार बेहोर्नुपरेको अधिकारीहरूले बताए ।

सुग र तर्कवान्गान गाउँहरूमा सयौं मानिस सडकमा आएर सैनिकहरूमाथि ढुंगा हानेका थिए ।

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्