०५ साउन २०८३, मंगलबार

थपिए कोरोनाका ८ सय ९९ संक्रमित, मृतकको संख्या ७ थपिएर २ सय २८ पुग्यो

थपिए कोरोनाका ८ सय ९९ संक्रमित, मृतकको संख्या ७ थपिएर २ सय २८ पुग्यो

नेपालमा कोरोनाभाइरस (कोभिड- १९) संक्रमितको संख्या ३९ हजार ४ सय ६० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सोमवार आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप  ८ सय ९९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको हो ।

संक्रमितमध्ये २१ हजार ४ सय १० जना निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा ५ सय ८८ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

मृतकको संख्या भने २ सय २८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्