०३ साउन २०८३, आइतबार

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त

भदौ १५, २०७७
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त
प्रतिष्ठानका उपकुलपति प्रा डा विश्वराज जोशी।

वाग्मती प्रदेश सरकारले स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त गरिएको छ।

प्रतिष्ठानका उपकुलपति प्रा डा विश्वराज जोशीका सिफारिसमा सामाजिक विकासमन्त्री तथा सहकुलपति युवराज दुलालले प्रतिष्ठानका शिक्षाध्यक्षमा डा सतीश देव, रजिष्ट्रारमा राजेश प्रसाईं, निर्देशकमा डा हरिबहादुर खड्का र संयोजकमा चिरञ्जीवी चुँडाललाई नियुक्त गरेका हुन्।

नवनियुक्त पदाधिकारीलाई साेमबार पद तथा गोपनीयताको शपथ गराइएको थियो। 

सो अवसरमा मुख्यमन्त्री पौडेलले  प्रदेश सरकारको गौरव प्रतिष्ठानको विकासमा सबैको भूमिका महत्वपूर्ण हुने बताए।

सामाजिक विकासमन्त्री दुलालले प्रतिष्ठानले प्रदेशको स्वास्थ्य क्षेत्रको सुधार गर्नाका साथै यस क्षेत्रका लागि दक्ष जनशक्ति उत्पादन गर्ने विश्वास व्यक्त गरे।

salt training

कमेन्ट गर्नुहोस्