१४ असार २०८३, आइतबार

सगूनको ‘मिनी–आईपीओ’मा सेप्टेम्बरभित्रै लगानी गरिसक्न आह्वान

सगूनको ‘मिनी–आईपीओ’मा सेप्टेम्बरभित्रै लगानी गरिसक्न आह्वान

संयुक्त राज्य अमेरिकामा मुख्यालय रहेको सोसल कमर्स कम्पनी सगूनले मिनी आईपीओमा सेप्टेम्बर महिनाभित्र लगानी गर्न आह्वान गरेको छ ।
  
संयुक्त राज्य अमेरिकाको सेक्युरिटिज एण्ड एक्सचेन्ज कमिसन (एसईसी) ले यसै वर्षको शुरूमा सगूनलाई मिनी आईपीओ जारी गर्न अनुमति दिएको थियो ।

जसअनुसार सगूनले नेपाल, उत्तर कोरिया र इरानबाहेक संसारका जुनसुकै मुलुकका नागरिकलाई प्रतिशेयर ३० डलरका दरले ‘ग’ वर्गको धितोपत्र बिक्री गर्न पाउने छ । नेपाल सरकारले विदेशी मुद्रामा देशबाहिर रहेका कम्पनीको शेयर खरिद गर्न प्रतिबन्ध लगाएको छ भने अमेरिकी कानूनले उत्तर कोरिया र इरानका नागरिकलाई अमेरिकन कम्पनीको शेयर खरिद गर्न रोक लगाएको छ । 

‘सन् २०२० मा कम्पनीले धेरै उत्साहजनक प्रगति गरेको छ,’ सगुन इंकका संस्थापक गोविन्द गिरीले भने, ‘हामीले दोस्रो मिनी आईपीओ अन्तर्गतको शेयर बिक्री सेप्टेम्बर ३०, २०२० अर्थात् अबको १ महिनासम्म मात्रै खुला गर्ने निधो गरेका छौं ।’ 

गत जनवरी २०२० यता सगून प्रयोगकर्ताको संख्या ४५ लाखले थपिएको छ भने हालसम्म विश्वव्यापी कूल प्रयोगकर्ताको संख्या ८१ लाख नाघेको कम्पनीले जनाएको छ ।
 
जनवरी २०२० यता सगूनमा प्रयोगकर्ताले १.२ अर्ब स्मार्ट कोइनहरू कमाएका छन्, जसमध्ये २२ करोड ८० लाख स्मार्ट कोइनहरू किनमेल गर्न खर्च गरिसकेका जनाइएको छ ।

नेपाल तथा भारतमा प्रयोगकर्तामाझ सगून लोकप्रिय बन्दै जाँदा प्रतिष्ठित व्यवसायसँग सगूनको साझेदारी पनि बढिरहेको छ । नेपालमा प्रभू ग्रूप, भाटभटेनी, फेवा बजारसँग सहकार्य भइसकेको छ भने मिनिसो, नबिल बैंक र अमेजन इन्डियासँग सहकार्यको प्रक्रिया अगाडि बढेको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्