१७ असार २०८३, बुधबार

खाली पेट खानुस् यी खानेकुरा, हुनेछ स्वास्थ्य लाभ

बैशाख ३, २०७८
खाली पेट खानुस् यी खानेकुरा, हुनेछ स्वास्थ्य लाभ

मानिसहरू बिहान उठेपछि खासै केही नखाई सीधै भात खाएर बस्छन् वा बाहिर निस्कन्छन् । तर यसो गर्दा पेटलाई नराम्रो असर पर्छ । पाचनतन्त्र सुस्त भएर पेटको रोग लाग्छ । 

त्यसैले भात खानुअघि खाली पेटमा उचित पोषण दिने खानेकुरा खानु स्वास्थ्यका लागि हितकर हुन्छ । यहाँ हामी बिहान के लिने भनी चर्चा गर्दैछौं ।

तुलसी
तुलसीमा भिटामिन, क्याल्सियम, आइरन तथा एन्टीअक्सिडेन्ट गुणहरू भरपूर हुन्छ । यसले शरीरलाई रोगबाट बचाइराख्न सहायता गर्छ । बिहान खाली पेट तुलसी राखेको पानी पिउँदा रोगप्रतिरोधक क्षमता बढाउन सहायता पुग्छ । मौसमी रुघाखोकीबाट पनि यसले राहत दिन्छ । 

कागती र मह
बिहान सधैं मनतातो पानीमा कागतीको रस र मह राखेर पिउँदा पाचनशक्ति बलियो हुन्छ । यसले रोगसँग लड्ने क्षमता बढाउँछ र तौल नियन्त्रण गर्न पनि सहायता गर्छ । 

ज्वानो
ज्वानोमा भएको पोषक तत्त्वले खानाको स्वाद बढाउँछ र पेटलाई तन्दुरुस्त राख्छ । बिहान खाली पेट ज्वानो राखेको पानी पिउँदा पेटको समस्याबाट मुक्ति पाइन्छ । यसमा भएको भिटामिन र मिनरलले मधुमेहको खतरा पनि घटाउँछ । अनि शरीरमा कोलेस्ट्रोल पनि कम हुन्छ । मुटु पनि स्वस्थ रहन्छ । 

ग्रीन टी
तौल बढेर समस्यामा परेकाहरूले बिहान खाली पेट ग्रीन टी सेवन गर्नुपर्छ । यसले तौल घटाउनुका साथै रोगप्रतिरोधक क्षमता पनि बढाउँछ । 

अमला
भिटामिन सीले भरपूर अमला सेवन गर्दा शरीरको रोगप्रतिरोधक क्षमता बढ्छ । बिहान खाली पेट अमलाको जुस पिउँदा पाचनप्रणाली बलियो हुनुका साथै रोगसँग लड्ने शक्ति प्राप्त हुन्छ । 

बदाम
रातभरि भिजाएर राखेको बदाम बिहान खाँदा शरीरलाई आवश्यक सबै तत्त्व सही मात्रामा प्राप्त हुन्छ । मन र मस्तिष्कलाई सही तरिकाले काम गर्न र स्फुर्ति बढाउन यसले मद्दत गर्छ । 

मेवा
कब्जियत वा पचान समस्या भएकाहरूलाई बिहान उठेर मेवा खाने सल्लाह दिइन्छ । यसले पाचन प्रणालीलाई बलियो बनाएर शरीरमा रहेको कोलेस्ट्रोल घटाउन सहायता गर्छ । मुटुलाई पनि यसले स्वस्थ राख्छ । 

salt training

कमेन्ट गर्नुहोस्