काठमाडौँ, ९ पुस -आर्थिक वर्षको प्रथम त्रैमासिकमा तुलनात्मक रूपमा सरकारको पुँजीगत खर्च बढेकाले पनि आर्थिक गतिविधि विस्तार हुने संकेत देखिएको राष्ट्र बैंकको भनाइ छ ।

नगद प्रवाहमा आधारित सरकारको पुँजीगत खर्च चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ७ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । गत वर्षको यही अवधिमा सरकारले २ अर्ब ८७ करोड रुपैयाँ मात्र खर्च गर्न सकेको थियो । सरकारको राजस्व संकलन पनि गत वर्षको तुलनामा ६७ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ । ‘सरकारको राजस्वमा भएको वृद्धिले आयात विस्तारमार्फत व्यावसायिक क्रियाकलापसमेत बढ्ने संकेत गरेको छ,’ त्रैमासिक समीक्षा प्रतिवेदनमा उल्लेख रहेको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।