
गत वर्ष एसिड आक्रमणको शिकार बनेकी पर्साकी मुस्कान खातुनले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेकी छन्।
खातुनले मंगलबार बालुवाटार प्रधानमन्त्री ओलीलाई भेटेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले सामाजिक सञ्जालमार्फत जनाएका छन्।
आफूलाई एसिड आक्रमण गर्नेहरु झुटो विवरण पेश गरेर रिहा भएको भन्दै उनी सार्वजनिक रुपमा कारबाहीको माग गर्दै आएकी छन्।