०१ असार २०८३, सोमबार

पत्याउनु हुन्छ ? खरको छानोलाई आगोले छुँदैन !

कात्तिक २०, २०७४
पत्याउनु हुन्छ ? खरको छानोलाई आगोले छुँदैन !


काठमाडौँ, ९ पुस - खरको छानोमा मट्टीतेल खन्याएर आगो लगाउँदा के होला ? त्यो घर केही क्षणमै खरानी हुन्छ तर आगो लागेन भने के भन्ने ? तपाईँलाई लाग्न सक्छ यो कुनै जादु हो । यो जादु होइन, नेपाली वैज्ञानिकले आगो नलाग्ने प्रविधि विकास गरिसकेका छन्, आजको गोरखापत्र दैनिकमा खबर छ ।khar
नेपाल विज्ञान प्रतिष्ठान (नास्ट) का उपकुलपति प्राडा जीवराज पोखरेलको नेतृत्वमा नास्टका वैज्ञानिकहरूको टोलीले विकास गरेको यो प्रविधिलाई ‘अग्नि प्रतिरोधक’ नाम दिएको छ । यो प्रविधि अपनाएर बनाइएको खरको छानोमा आगलागी नै हुँदैन । नेपालमा विषेशगरी सुख्खायाममा तराई र पहाडी क्षेत्रमा आगलागीका घटना धेरै हुने गर्छन् । आगलागीबाट बर्सेनी धनजनको क्षति धेरै हुन थालेपछि नास्टले खरको छानो भएका घरमा मट्टीतेल छर्किएर आगो लगाउँदा पनि आगो नलाग्ने यस प्रविधिको विकास गरेर हालसम्म ३० जिल्लामा सफल परीक्षण र प्रयोगसमेत गरिसकेको छ ।
‘यस प्रविधिबाट एक पटक छानोको निर्माण गरेपछि १५ वर्ष घर सुरक्षित हुन्छ’, नास्टका प्रविधि सङ्कायका प्रमुख डा. सुरेश ढुङ्गेलले भने । उनले हालसम्म विभिन्न ३० जिल्लामा खरको छानो भएका घरलाई पूर्ण सुरक्षित बनाउन सकिन्छ भन्ने कुराको नमुना प्रस्तुत गर्दै यो प्रविधि सिकाउँदै गरेको बताए ।
‘यो प्रविधिअन्तर्गत खरको छानोमाथि चिम्साइलो माटोले लिपिन्छ र त्यसमाथि सिलपोलिन प्लास्टिक बिछाइन्छ । अब घरको छानोमा हामीले भनेजस्तो गरेमा घरमा आगलागी हुँदैन । तपाईंले यस्तो छानामा मट्टीतेल खन्याएर आगो लगाउँदा समेत आगो लाग्दैन’, सङ्काय प्रमुख डा. ढुङ्गेलले भने ।

salt training

कमेन्ट गर्नुहोस्